७ आश्विन २०८३, बुधबार | September 23, 2026

दम्भ र अहंकारले विनाश निम्त्याउँछ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दम्भ र अहंकारले विनाश निम्त्याउने बताएका छन् ।

२५६५औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिमा अहिले दम्भ र अहंकार देखिएको भन्दै यसले विनाशमात्रै निम्त्याउने जिकिर गरेका हुन् ।

प्रचण्डले भनेका छन्, ‘‘सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ। दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ। त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौं,’

अध्यक्ष प्रचण्डले त्यस्ता दम्भले भरिएका प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरूद्ध संघर्षमा उत्रन आग्रह गरेका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्ति एकजुट भई प्रतिगामी प्रवृत्तिविरूद्ध संघर्ष गर्नुपर्ने बताएका छन् ।

प्रचण्डले भनेका छन्, ‘प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको छ। त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु।’

बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत रहेको प्रचण्डले बताएका छन् । बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्‍याएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको प्रचण्डले उल्लेख गरेका छन्।

अध्यक्ष प्रचण्डले आजकै दिन परेको किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा सबैलाई शुभकामना पनि दिएका छन् । उनले कोरोना भाइरस ९कोभिड–१९०को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ८ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई