८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोना महामारी नियन्त्रण गर्न चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका दलहरुलाई सहयोग गर्ने



काठमाडौं । कोरोना भाइरस महामारी विरुद्ध साझा लडाईं लड्न नेपालका राजनीतिक दलहरुलाई चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले सहयोग गर्ने भएको छ ।

सीपीसीको अन्तराष्ट्रिय विभागको आयोजनामा ‘महामारीविरुद्ध लड्न र जनताको जीवन रक्षा गर्न सँगै काम गर्ने तथा चीन र नेपालका राजनीतिक दलहरूको महामारीविरुद्ध संयुक्त लडाइँ’ शीर्षकको बैठकमा नेपालका सबै मुख्य राजनीतिक दलहरुले चीनले नेपाललाई गर्दै आएको सहयोगको प्रशंशा गरेका छन् ।

सीपीसीका अन्तराष्ट्रिय विभाग प्रमुख चेन झोउको अध्यक्षतामा भएको कार्यक्रममा दुवै मुलुकका राजनीतिक दलहरु समेत मिलेर कोरोना महामारी विरुद्ध साझा युद्ध लड्नुपर्ने धारणा सहभागीहरुले राखेका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महामारी नियन्त्रणमा चीनले अझ बढी सहयोग गर्ने अपेक्षा व्यक्त गरे । चीनबाट नेपालको संकटमा सधैंभर सहयोग प्राप्त भैरहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले महामारीबाट प्रभावित भएको नेपालको अर्थतन्त्रलाई समेत बचाउन चिनियाँ सहयोग जरुरी रहेको अपेक्षा गरे ।

प्रचण्डले चीनले नेपालमा विना स्वार्थ सहयोग गर्दै आएको बताउँदै दुवै मुलुकले अन्तर हिमालय बहुआयायिमक विकासमा मिलेर काम गर्नुपर्ने धारणा राखे । अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री हुँदा बीआरआईमा नेपालको सहभागिता सुनिश्चित भएको स्मरण गर्दै दुवै मुलुकबीच भएका सहमतिहरु कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरे । प्रचण्डले नेपालको हिमाल, नदी र संस्कृतिसँग दुईदेशबीचको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले नेपाल एक चिन नीतिमा प्रतिबद्ध रहेको पनि बताए ।

नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले नेपाललाई थप खोप उपलब्ध गराउन चीनसँग आग्रह गरे । पोखरेलले एकता, साझेदारी र मित्रतापूर्ण सम्बन्धले मात्र महामारी नियन्त्रण आउने बताउँदै भाइरसलाई पराजित गरेर अर्थतन्त्र उकास्न सहयोगको खाँचो रहेको बताए । पोखरेलले कोभिड – १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको बताए । पोखरेलले चीनले नेपालका लागि स्वास्थ्य सामाग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार व्यक्त गरे ।

नेपाली कांग्रेसका विदेश विभाग प्रमुख नारायण खड्काले महामारीको कारण नेपाल कठिन समयबाट गुज्रिएको समयमा चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए । खड्काले महामारी नियन्त्रणमा चीनबाट नेपालले सिक्नुपर्ने बताए । उनले बीपी कोइरालाको प्रधानमन्त्रीत्वको समयदेखि सीपीसीसँग कांग्रेसको सम्बन्ध रहेको बताउँदै निरन्तर भाइचारा सम्बन्धको अपेक्षा व्यक्त गरे ।

यस्तै, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विश्वकै महामारी नियन्त्रणमा चीनले गरेको नेतृत्वदायी भूमिको प्रशंशा गरे । चीनले सधैं नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको उल्लेख गर्दै यादवले महामारीको बेलामा उपलब्ध गराएको खोप लगायत स्वास्थ्य सामाग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । यादवले नेपाललाई थप खोप उपलब्ध गराउन आग्रह गरे ।

कार्यक्रममा राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि महामारी नियन्त्रणका लागि चीनले गरेको सहयोगको प्रसंशा गरे ।

कार्यक्रममा सीपीका अन्तराष्ट्रिय विभाग प्रमुख चेन झोउले कि नोट स्पीच दिँदै नेपालको महामारी नियन्त्रणका लागि राजनीतिक दलहरुसँग मिलेर अघि बढ्न चीन तयार भएको बताएका थिए । उनले राजनीतिक दलहरुलाई हाइड्रोजन अक्सिजन जेनेरेटर प्रदान गर्ने घोषणा पनि गरे ।

सीसीपीले नेपालका राजनीतिक दलहरूसँग सामुहिक रुपमा पहिलो पटक बैठक गरेको हो । नेपाल कम्युनिष्ट पार्टीसँग रणनीतिक साझेदारी रहेको सीपीसीले नेकपा फुटिसकेपछि भने कुनै दलसँग औपचारिक सम्वाद कार्यक्रम गरेको थिएन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ३ : ३० बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको