२५ श्रावण २०८३, सोमबार | August 11, 2026

नेपाललाई थप १० लाख डोज खोप उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग गर्नेभएको छ । चीनिया राष्ट्रपति सी चिङफिङले बुधबार बेइजिङमा नेपाललाई १० लाख डोज कोरोना खोप अनुदान सहयाता दिने घोषणा गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजैमात्र चिनियाँ समकक्षी सी सँग पौने घण्टा टेलिफोनमा कुरा गर्दै खोप सहयाताका लागि आग्रह गरेकी थिइन ।
त्यसलगत्तै बेइजिङमा राष्ट्रपति सीले १० लाख खोप दिने घोषणा गरेको नेपालका लागि चिनियाँ राजदूत होय यान्छीले जानकारी गराएकी छिन् ।

चीनले नेपाललाई यसअघि ८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ । अहिले पनि चिनियाँ खोपको दोस्रो डोज लगाउने काम भैरहेको छ ।

नेपालमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चीन सरकारले २० हजार थान अक्सिजन सिलिण्डरसहित कैयौं सहयोग गरेको छ । यस्तै, सिचवान प्रादेशिक सरकार र तिब्बत स्वायत्त प्रदेश सरकारले पनि नेपाललाई स्वास्थ्य सामग्रीहरु सहायता गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : ५८ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय