१८ असार २०८३, बिहिबार | July 2, 2026

एमाले नेता गोकर्ण विष्टले गरे २०७५ जेठ २ को अवस्थामा एमाले ब्युँतने अपेक्षा



काठमाडौं । नवौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिले पनि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन सकिने अपेक्षा गरेका छन् । उनले आज सामाजिक सञ्जालमा विचार पोष्ट गर्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउने प्रयास जारी रहेको बताएका छन् ।

नेता विष्टले एमालेको एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयास जारी राख्ने उल्लेख गर्दै राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने बताएका छन् ।

एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता द्वय माधव नेपाल, झलनाथ खनाल सहित ११ जनालाई निस्काशन र १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएकोमा विष्टमाथि भने कुनै कारवाहीको कदम चालिएको छैन । प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवालाई समर्थन गर्ने सवालमा विष्टले नेपाल पक्षमा फरकमत राखेका थिए भने सर्वोच्चमा दर्ता गरिएको रिट निवेदनमा पनि विष्टले हस्ताक्षर गरेका छैनन् । यद्देपी उनले नेपाल पक्षका १५ स्थायी समिति सदस्यहरुले बुधबार प्रकाशित गरेको प्रेस वक्तब्यमा भने हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १० : १९ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता