२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरिन : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले संविधानको पालना नगरेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवसमा आज भर्चुअल सम्बोधन गर्दै सभापति देउवाले आफुले संविधानको धारा ७६ ५ अनुसार बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरे पनि राष्ट्रपतिले गैरसंवैधानिक ढंगले नियुक्त नगरेको बताएका हुन् । देउवाले १४९ सांसदको हस्ताक्षर आफूले राष्ट्रपतिकहाँ बुझाएको बताउँदै राष्ट्रपतिले त्यसलाई सनाखत नगरी मध्यरातमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

देउवाले प्रधानमन्त्रीमा दुवै पक्षको दाबी परेपछि छलफलका लागि बोलाउनुपर्नेमा राष्ट्रपतिले त्यसो नगरी ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गरेको जिकिर गरे । देउवाले भने, ‘बरू राष्ट्रपतिले भेरिफाइ गरेको भए हुन्थ्यो। सांसद बोलाएको भए पनि हुन्थ्यो,’ तर राति विघटन गर्नुभयो। राष्ट्रपतिजस्तो व्यक्तिले यसरी प्रधानमन्त्रीले भन्दैमा संविधानको ठाडो उलंघन गर्नुभएको छ।’

संविधानको धारा ७५ ५ मा कुनै पनि सदस्य विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने रहेको उनले बताए । वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि हस्तक्षेप गरिएका कारण आफुहरु न्याय माग्न सर्वोच्चमा गएको पनि देउवाले बताए ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १२ : ४३ बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा