१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

प्रतिनिसभा विघटन मुद्दा : प्रधानन्यायाधीसको इजलासमा सुनुवाइ जारी



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध परेका १९ वटा रिटमाथि प्रधानन्यायाधीस चालेन्द्रशमशेर राणाको एकल इजलासमा सुरुवाइ जारी रहेको हो ।
मध्यान्न १२ बजे सुरु भएको इजलासमा प्रधान्यायाधीस राणाले निवेदन अध्ययन गरेपछि सुरुवाइ सुरु भएको थियो ।

अहिले रिट निवेदकहरुलार्य पालैपालो बहसका लागि राणाले बोलाइरहेका छन् । कोरोना संक्रमणको कारण देखाउँदै राणाले सबै कानून व्यवासायीहरुलाई इजलासमा नबस्न भनेका हुन् ।

पहिलो रिट निवेदक अधिवक्ता वीरभद्र जोशीले बसह गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक दभएको दावी गरेका छन् । जोशीले प्रधानमन्त्रीमा दाबी पेश गरोहरुलाई कुनै समय नदिइ मध्यरातमा विघटन गर्नु असंवैधानिक भएको दाबी गरेका ह्न् । उनले राष्ट्रपतिले भनेको मार्गप्रशस्त भन्ने विषय प्रष्ट नभएको, प्रधानमन्त्रीले राजनीनामा पनि नदिएको अवस्थामा विघटन हुनै नसक्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने जोशीले माग गरेका छन् । अर्का अधिवक्ता तुलसी पराजुलीले धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिइ उपधारा ५ मा जानु नै असंवैधानिक भएको जिकिर गरेका छन् ।

आजै मात्र प्रधानन्यायाधीस राणाले सबै १९ वटै रिटमाथि आफ्नै एकल इजलास तोकेका थिए ।

सर्वोच्चमा परेका ३० वटा रिट मध्ये ११ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाइ मागिएको छ । ती रिटमाथि भोलि बस्ने संवैधानिक इजलासमा सुरुवाइ हुनेछ ।

शेरदबहादुर देउवालाई प्रधानमन्त्रीको दाबीमा हस्ताक्षर गरेका विपक्षी पाँच दलका १४६ जना सांसदहरुले गत सोमबार सर्वोच्चमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका परमादेश माग गर्दै सामुहिक रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १ : १३ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका