१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रतिनिसभा विघटन मुद्दा : प्रधानन्यायाधीसको इजलासमा सुनुवाइ जारी



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध परेका १९ वटा रिटमाथि प्रधानन्यायाधीस चालेन्द्रशमशेर राणाको एकल इजलासमा सुरुवाइ जारी रहेको हो ।
मध्यान्न १२ बजे सुरु भएको इजलासमा प्रधान्यायाधीस राणाले निवेदन अध्ययन गरेपछि सुरुवाइ सुरु भएको थियो ।

अहिले रिट निवेदकहरुलार्य पालैपालो बहसका लागि राणाले बोलाइरहेका छन् । कोरोना संक्रमणको कारण देखाउँदै राणाले सबै कानून व्यवासायीहरुलाई इजलासमा नबस्न भनेका हुन् ।

पहिलो रिट निवेदक अधिवक्ता वीरभद्र जोशीले बसह गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक दभएको दावी गरेका छन् । जोशीले प्रधानमन्त्रीमा दाबी पेश गरोहरुलाई कुनै समय नदिइ मध्यरातमा विघटन गर्नु असंवैधानिक भएको दाबी गरेका ह्न् । उनले राष्ट्रपतिले भनेको मार्गप्रशस्त भन्ने विषय प्रष्ट नभएको, प्रधानमन्त्रीले राजनीनामा पनि नदिएको अवस्थामा विघटन हुनै नसक्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने जोशीले माग गरेका छन् । अर्का अधिवक्ता तुलसी पराजुलीले धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिइ उपधारा ५ मा जानु नै असंवैधानिक भएको जिकिर गरेका छन् ।

आजै मात्र प्रधानन्यायाधीस राणाले सबै १९ वटै रिटमाथि आफ्नै एकल इजलास तोकेका थिए ।

सर्वोच्चमा परेका ३० वटा रिट मध्ये ११ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाइ मागिएको छ । ती रिटमाथि भोलि बस्ने संवैधानिक इजलासमा सुरुवाइ हुनेछ ।

शेरदबहादुर देउवालाई प्रधानमन्त्रीको दाबीमा हस्ताक्षर गरेका विपक्षी पाँच दलका १४६ जना सांसदहरुले गत सोमबार सर्वोच्चमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका परमादेश माग गर्दै सामुहिक रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १ : १३ बजे

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने