१६ चैत्र २०८२, सोमबार | March 31, 2026

बाँके र रुपन्देहीमा घट्यो संक्रमणको दर, छिमेकी जिल्लाबाट संक्रमति आउने क्रम भने रोकिएन



बुटवल । एक साता अगाडि सम्म कोरोनाको हटस्पट जस्तै देखिएको बाँके र रुपन्देहीमा यो साता लगातार संक्रमण र मृत्युदरमा घट्ने क्रम सुरु भएको छ । एकैदिन लगातार १० जना भन्दा बढीको मृत्यु र ८ सय भन्दा बढी संक्रमित थपिने गरेको दुबै जिल्लामा अहिले संक्रमित थपिने दर र मृत्युदर दुबै घटेको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार बाँकेमा आज ६७० नमुना परीक्षण गर्दा ३०९ जनामा संक्रमण पुष्टि भएकोमा बाँकेका ११९ जनामा मात्र संक्रमण पुष्टि भएको छ । बाँकेमा १७७ जना कोरोना मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा जिल्लामा ४ जनाको मात्र मृत्यु भएको छ । बाँकेमा उपचाररत ५ जना जिल्ला बाहिरका संक्रमितको पनि बाँकेमा मृत्यु भएको छ ।

यता रुपन्देहीमा पनि संक्रमण र मृत्युदर घट्ने क्रम जारी छ । आज १४४३ नमुना परीक्षण गर्दा रुपन्देहीमा ११२ जनमा मात्र संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा मृत्युदर भने अलि बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । आज ९ जना कोरोना संक्रमतिको रुपन्देहीका बिभिन्न अस्पतालहरुमा मृत्यु भएको छ । गम्भीर प्रकृतीका संक्रमितहरु थपिने क्रममा कमी आएको ती अस्पतालहरुले जनाएका छन् । आज मृत्यु भएकाहरु केहिदिन पहिले देखि भर्ना भएका गम्भीर अवस्थामा रहेका संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा आज ३८४ जना कोरोना मुक्त भएर डिस्चार्ज लिएका छन् ।

जिल्ला भित्र संक्रमणको दर घटेपनि छिमेकी जिल्लाहरुबाट उपचारका लागि रुपन्देही र बाँके आउने क्रम भने रोकिएको छैन । दुबै जिल्लाका अस्पतालहरुमा जिल्ला भित्रका संक्रमितहरु घट्दै गएको र बाहिरी जिल्लाका संक्रमितहरु थपिँदै गएको अस्पतालहरुले जनाएका छन् । पछिल्ला दिनहरुमा जिल्ला भित्रबाट भन्दा बाहिरी जिल्लाका संक्रमित आउने क्रम बढेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले बताए ।

यता लुम्बिनी प्रादेशिक अस्पतालमा पनि रुपन्देहीको संक्रमित आउने क्रम कम भएको र बाहिरी जिल्लाबाट आउने संक्रमितको संख्या थपिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ५ : ५७ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित