१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

संसद विघटन इण्डो अमेरिकी योजनाअनुसार : २१ दलिय मोर्चा



काठमाडौं । २१ राजनीतिक संगठनको कार्यगत एकताबाट बनेको दलिय मोर्चाले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन अमेरिकी योजनाअनुसार भएको आरोप लगाएको छ। कोभिड-१९ को संक्रमण बढ्दै जाँदा घोषणा गरिएको निर्वाचनमा ठूलो षड्यन्त्र रहेको बैठकले निष्कर्ष निकालेको छ।

मोर्चाको तर्फबाट बामपन्थी नेता सिपी गजुरेलले जारी गरेको वक्तब्यमा मध्यावधी निर्वाचन देशलाई फासीवादीकरण तिर लैजाने अमेरिकी योजनाअनुसार घोषणा गरिएको दाबी गरिएको छ। वक्तब्यमा इण्डो अमेरिकी योजनाअनुसार नेपाललाई तिनीहरुको खेल मैदान बनाउने मुख्य उद्देश्यका साथ संसद विघटन र निर्वाचनको घोषणा गरिएको आरोप लगाईएको छ । ‘सीमित उपलब्धिहरुको पनि हरण गर्ने, फासीवादीकरणतिर देशलाई लैजाने, इण्डो अमेरिकी योजनाअनुसार नेपाललाई तिनीहरुको खेल मैदान बनाउने उनीहरुको प्रमुख लक्ष्य हो ।’ वक्तव्यमा भनिएको छ, ‘विदेशी शक्ति केन्द्रहरुसँगको मिलेमतोमा गरिने यी सबै षड्यन्त्रलाई विफल बनाउनु आवश्यक छ, यसविरुद्ध परिस्थितिअनुसार सङ्घर्षका विविध रुपहरुलाई अघि बढाउँदै लैजान सबै तयार हुनु पर्दछ ।’

विश्व स्वास्थ सङ्गठन र स्वास्थ विज्ञहरुले कोरोनाको तेस्रो लहर आगामी कात्तिकको अन्त्य र मंसिरतिर आउन सक्ने र त्यो लहर दोस्रोभन्दा पनि बढी सङ्क्रामक र घातक हुने र त्यसबाट बच्नका लागि तयारी गर्नुपर्ने चेतावनी दिइरहेकै बेला सरकारले ठीक त्यही बेला पारेर निर्वाचन घोषणा गरेर नागरिकलाई जोखिममा पार्ने षडयन्त्र गरेको वक्तब्यमा उल्लेख छ । ‘केपी ओली कम्पनीका अन्य क्रियाकलापहरुमाथि समेत ध्यान दिँदा त्यसको पछाडि ठूलो षड्यन्त्र लुकेको देख्न सकिन्छ।’ वक्तब्यमा लेखिएको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ९ : ३३ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण