१५ माघ २०८२, बिहिबार | January 29, 2026

कोरोना महामारीका कारण कांग्रेस महाधिवेशन अनिश्चित



काठमाडौं । आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् ।

उनले बिहीबार नेपाल प्रेस युनियन स्थापना दिवसका अवसरमा आयोजित ‘भर्चुअल’ कार्यक्रममार्फत विकल्प देखाएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा अनलाइन प्रणालीमा आएका क्रियाशील सदस्यबाट छानबिन गरेर (विवाद भएका बाहेक)मात्रै महाधिवेश गर्न सकिने वा १३औं महाधिवेशनमा छानिएका पुराना प्रतिनिधिबाटै भए पनि एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्न सकिने प्रस्ताव पौडेलले गरेका हुन् ।

‘पार्टी महाधिवेशन नभएको धेरै भयो, वैधानिकताको पनि प्रश्न छ, महाधिवेशन गर्नै पर्छ, कि त टुंगिएका सदस्यबाट महाधिवेशन गरौं,’ उनले भने, ‘कि १३औं महाधिवेशनकै प्रतिनिधि सहभागी गराएर एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गराऔं ।’

पौडेलको धारणापछि सभापति शेरबहादुर देउवाले आफूलाई महाधिवेशन टार्ने रहर नभएको भन्दै सबै विकल्पमा बसेर खुला छलफल गर्न तयार रहेको बताए । ‘बसेर छलफल गरौं, मलाई पनि महाधिवेशन गर्न मन छ, टार्न खोजेको होइन, कोभिड आयो त के गर्ने देउवाले भने, ‘सबै साथी समेटेर महाधिवेशन गरौं, पुराना मात्र समेट्दा नयाँ रिसाउँछन्, छलफल गरौं, कसैलाई बाइपास गर्ने कुरा छैन, अनलाइनबाट पनि सकिन्छ होला ।’ देउवाले महाधिवेशनबारे आफू प्रस्ट रहेको भन्दै आफ्नो प्रजातन्त्रप्रतिको निष्ठामाथि प्रश्न नउठाउन नेता पौडेललाई आग्रह गरे ।

‘म पनि प्रजातन्त्रका लागि लडेको हुँ, प्रजातन्त्रकाविरुद्ध जान्छु होला र उनले पौडेलतिर औंल्याउँदै थपे, ‘म पनि तपाईंसँगै जेलमा परेको मान्छे हो, प्रजातान्त्रिक पद्धतिमा प्रतिबद्ध छु ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सूचना तथा प्रचार विभागले महाधिवेशनमा प्रविधि प्रयोगबारे तयारी गरिरहेको जानकारी दिए ।

‘सकेसम्म भौतिक रूपमै महाधिवेशन गर्नुपर्छ, नभए प्रविधि प्रयोगबाट पनि गर्न सकिन्छ, हामी प्रयास गर्दै छौं,’ उनले भने, ‘भर्चुअल रूपमै उद्घाटनदेखि मतदानसम्म गर्नुपर्ने अवस्था आएमा पनि पार्टी सूचना तथा सञ्चार विभागले प्रयास गरिरहेको छ ।’ राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : ३२ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला