११ कार्तिक २०८३, बुधबार | October 28, 2026

एसईई तथा कक्षा १२ को परीक्षा : कार्यदलले बुझायो प्रतिवेदन



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिए । अब प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने जानकारी उनले दिए ।

कार्यदललाई सरोकारवालाले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सुझाव दिएको जनाइएको छ ।

खासगरी सङ्क्रमण अवस्थाको आकलन र परीक्षाको मोडालिटीलाई सँगै राखेर विश्लेषण गरेर मात्र निचोडमा पुग्नुपर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताए ।

सङ्क्रमणको अवस्थामा विदेशका बोर्डहरूले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदन सिफारिस गरिएको जनाइएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : ३५ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ