१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

चालु आर्थिक वर्षमा ४ दशमलव १ प्रतिशत आर्थिक बृद्धि हासिल हुन सक्दैन : अर्थमन्त्री पौडेल (आर्थिक सर्वेक्षण सहित)



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४।१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले ४ दशमलव १ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका छन् ।

सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४ दशमलव १ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो ।

कार्यक्रममा बोल्दै अर्थसचिव शिशिर कुमार ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको बताएका थिए । उनले आयात निर्यातका सूचक, व्यापारको अवस्था, राजस्व संकलन सबै राम्रो अवस्थामा रहेको बताउँदै उनले अर्थतन्त्र पहिला भन्दा राम्रो गतिमा रहेको दाबी गरेका थिए ।

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा चालु आर्थिक वर्ष २०७७।७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका थिए । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेल , नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,अर्थ सचिवशिशिर कुमार ढुड्गाना,राजस्व सचिव रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीको उपस्थिति रहेको थियो ।

यस्ताे छ आर्थिक सर्वेक्षण :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/05/आर्थिक-सर्वेक्षण-२०७७_७८-1_final.pdf” title=”आर्थिक सर्वेक्षण २०७७_७८ (1)_final”]

 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ४ : १२ बजे

तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

कर्णाली । सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी

मधेस र कोशीको तराई क्षेत्रमा तातो दिन, लुम्बिनीको तराईमा मध्यम वर्षा हुने सम्भावना

काठमाडौँ । आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश