१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

बनेपा र पनौती नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग



काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकालाई प्रारम्भ सामाजिक संस्था र आनी छोइङ्ग डोल्मा फाउण्डेसनले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरका कारण सङ्क्रमण, रोकथाम र नियन्त्रणमा खटिरहेका स्थानीय तहको अभियानमा साथ दिन नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको समन्वयमा संस्थाका प्रतिनिधिको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो ।

गायिका आनी छोइङ्ग डोल्मा र सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा र पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले २/२ थान अक्सिजन कन्सनट्रेटर, २०/२० थान पिपिइ र ५/५ थान अक्सिमिटर बनेपाका प्रमुख कार्यकारी अधिकृत कविराज उप्रेती तथा पनौतीका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारीलाई प्रदान गरे।

यसअघि सो संस्थाले धुलिखेल र पाँचखाल नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर दुई/दुई थान, पिपिइ २०/२० थान, पल्स अक्सिमिटर पाँचरपाँच थान प्रदान गरिसकेको छ ।

महासंघ काभ्रेका अध्यक्ष तिमल्सिनाले स्थानीय सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रण गरिरहेको काममा सहयोग पुर्‍याउन समन्वय गरेको बताए ।

अहिले ति नगरपालिकाहरुले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिका क्षेत्र नै शिल गरी वडाका विभिन्न क्षेत्रमा लक्षण देखिनेहरुको स्वाव परीक्षण गरी आवश्यक औषधि उपचार तथा अन्य व्यवस्थापनको काममा लागिरहेका छन् । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ७ : ३९ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा