१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बनेपा र पनौती नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग



काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकालाई प्रारम्भ सामाजिक संस्था र आनी छोइङ्ग डोल्मा फाउण्डेसनले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरका कारण सङ्क्रमण, रोकथाम र नियन्त्रणमा खटिरहेका स्थानीय तहको अभियानमा साथ दिन नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको समन्वयमा संस्थाका प्रतिनिधिको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो ।

गायिका आनी छोइङ्ग डोल्मा र सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा र पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले २/२ थान अक्सिजन कन्सनट्रेटर, २०/२० थान पिपिइ र ५/५ थान अक्सिमिटर बनेपाका प्रमुख कार्यकारी अधिकृत कविराज उप्रेती तथा पनौतीका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारीलाई प्रदान गरे।

यसअघि सो संस्थाले धुलिखेल र पाँचखाल नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर दुई/दुई थान, पिपिइ २०/२० थान, पल्स अक्सिमिटर पाँचरपाँच थान प्रदान गरिसकेको छ ।

महासंघ काभ्रेका अध्यक्ष तिमल्सिनाले स्थानीय सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रण गरिरहेको काममा सहयोग पुर्‍याउन समन्वय गरेको बताए ।

अहिले ति नगरपालिकाहरुले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिका क्षेत्र नै शिल गरी वडाका विभिन्न क्षेत्रमा लक्षण देखिनेहरुको स्वाव परीक्षण गरी आवश्यक औषधि उपचार तथा अन्य व्यवस्थापनको काममा लागिरहेका छन् । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ७ : ३९ बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको