२२ भदौ २०८३, सोमबार | September 7, 2026

अनलाइन पत्रकारितालाई जवाफदेही र जिम्मेवार बनाउन सूचना र विचारलाई अलग ढंगले बुझ्न आवश्यक : मुख्यमन्त्री पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली अनलाइन पत्रकारितामा अहिले डरलाग्दो विश्वासको खडेरी भएका टिप्पणी गरेका छन् । खबरकुरा डटकमको दोस्रो वर्ष प्रवेशको अवसरमा शुभकामना संप्रेषण गर्दै मुख्यमन्त्री पोखरेलले सूचना सत्य र तथ्य हुनुपर्नेमा समाजले ग्रहण गर्न नसक्ने र पूर्वाग्रहले प्रेरित सूचना सम्प्रेषण हुँदा कतिपय राम्रो गरिरहेकाहरु समेत ओझेलमा पर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

उनले अनलाइन पत्रकारितालाई जवाफदेही र जिम्मेवार बनाउन सूचना र विचारलाई अलग ढंगले बुझ्न आवश्यक बताउँदै समाचारमा विचार लाग्ने प्रवृतिले पत्रकारिताप्रति समाजको विश्वास बढ्न नसकेको समेत उल्लेख गरेका छन् । ‘नागरिकलाई भ्रम होइन्,सत्य, तथ्य र विश्वसनीय सूचना दिनसक्दा नै समाजले सही बाटो लिन्छ । लोकतान्त्रिक शासन प्रणालीमा स्वस्थ र गतिशिल नागरिक समाज निर्माण हुन्छ ।’ मुख्यमन्त्रीले सन्देशमा भनेका छन् ।

उनले बुटवललाई केन्द्र बनाएर खबरकुराले सूचना, ज्ञान र मनोरञ्जनका सामग्री पस्कन सफल भएको बताउँदै यसले अझ समाजको रुची र चासोका सूचना पस्कन, समाजमा सकारात्मक सोंच विकास गर्न सुझाव समेत दिएका छन् ।

खबरकुरा डटकमले स्थापनाको छोटो समयमै आफूलाई समाजमा स्थापित गर्न सफल भएको उल्लेख गर्दै आगामी यात्रा सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाहका निम्ति अब्बल अनलाइनको पहिचान बनाउन शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १२ : १२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा