११ बैशाख २०८१, मंगलबार | April 24, 2024

अनलाइन पत्रकारितालाई जवाफदेही र जिम्मेवार बनाउन सूचना र विचारलाई अलग ढंगले बुझ्न आवश्यक : मुख्यमन्त्री पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली अनलाइन पत्रकारितामा अहिले डरलाग्दो विश्वासको खडेरी भएका टिप्पणी गरेका छन् । खबरकुरा डटकमको दोस्रो वर्ष प्रवेशको अवसरमा शुभकामना संप्रेषण गर्दै मुख्यमन्त्री पोखरेलले सूचना सत्य र तथ्य हुनुपर्नेमा समाजले ग्रहण गर्न नसक्ने र पूर्वाग्रहले प्रेरित सूचना सम्प्रेषण हुँदा कतिपय राम्रो गरिरहेकाहरु समेत ओझेलमा पर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

उनले अनलाइन पत्रकारितालाई जवाफदेही र जिम्मेवार बनाउन सूचना र विचारलाई अलग ढंगले बुझ्न आवश्यक बताउँदै समाचारमा विचार लाग्ने प्रवृतिले पत्रकारिताप्रति समाजको विश्वास बढ्न नसकेको समेत उल्लेख गरेका छन् । ‘नागरिकलाई भ्रम होइन्,सत्य, तथ्य र विश्वसनीय सूचना दिनसक्दा नै समाजले सही बाटो लिन्छ । लोकतान्त्रिक शासन प्रणालीमा स्वस्थ र गतिशिल नागरिक समाज निर्माण हुन्छ ।’ मुख्यमन्त्रीले सन्देशमा भनेका छन् ।

उनले बुटवललाई केन्द्र बनाएर खबरकुराले सूचना, ज्ञान र मनोरञ्जनका सामग्री पस्कन सफल भएको बताउँदै यसले अझ समाजको रुची र चासोका सूचना पस्कन, समाजमा सकारात्मक सोंच विकास गर्न सुझाव समेत दिएका छन् ।

खबरकुरा डटकमले स्थापनाको छोटो समयमै आफूलाई समाजमा स्थापित गर्न सफल भएको उल्लेख गर्दै आगामी यात्रा सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाहका निम्ति अब्बल अनलाइनको पहिचान बनाउन शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १२ : १२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना