२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

युईएफए च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई



काठमाडौं । ‘युईएफए च्याम्पियन्स लिग’ अन्तर्गत शनिवार राति भएको फाइनल खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई १-० गोलले पराजित गरेको छ ।

पोर्टोको ‘स्टेडियो डे ड्रागो’मा खेलिएको फाइनल खेलमा एकमात्र गोल चेल्सीका ‘काई हाभर्ज’ले गरे । पहिलो हाफको ४२औं मिनेटमा ‘मेसन माउन्ट’को पासलाई हाभर्जले गोलमा परिणत गर्दा चेल्सीले खेलमा अग्रता लिएको थियो ।

पहिलो हाफमा खासै खेल देखाउन नसकेको सिटीको टोलीले दोस्रो हाफमा भने दबदबा बनायो । तर चेल्सीको बलियो रक्षापंक्तिको अगाडी सिटीको केही चलेन र खेल चेल्सीले १-० गोलले आफ्नो पक्षमा पार्यो ।

यस जितसँगै चेल्सीको यो ‘दोस्रो’ च्याम्पियन्स लिग उपाधि हो। दुवै इंग्लिश टोली च्याम्पियन्स लिगको फाइनलमा भिड्दा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीले पराजय भोगेको हो । गत वर्ष ‘पीएसजी’का प्रशिक्षकका रूपमा च्याम्पियन्स लिगमा उपविजेता बनेका वर्तमान चेल्सीका प्रशिक्षक ‘थोमस टुचेल’को यो पहिलो च्याम्पियन्स लिग उपाधि हो ।

त्यस्तै सन् २०११ पछिको पहिलो ‘च्याम्पियन्स लिग’ उपाधि जित्ने दाउमा रहेका सिटीका प्रशिक्षक ‘पेप ग्वार्डियोला’को सपना भने अधुरै रहेको छ । उनले अन्तिम पटक बार्सिलोनासँग च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ६ : २० बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३