१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

संसद विघटन विरुद्धको मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै



काठमाडौं । सर्वोच्च अदालतले हुक्रकार हेर्दाहेर्दैमा राखेको प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। शुक्रबार देखि सुरु भएको सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो।

इजलासले एउटा प्रत्यक रिटमा बहस गर्ने कानुन व्ष्वसायीलाई १० मिनेटसम्म बहस गर्न सकिने गरी समय तोकेपनि मुद्दाहरुको संख्या धेरै भएको कारण शुक्रबार बहस नसकिएको हो । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्।

शुक्रबार भएको सुनुवाइमा वकिलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको इजलासबारे प्रश्न उठाएका थिए ।

प्रतिनिधिसभाका १४६ सांसदको रिटको तर्फबाट बहस शुरु शुरु गर्दै अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठको निष्पक्ष भूमिकामाथि प्रश्न उठाएपछि केहीबेर अदालतमा प्रधानन्यायाधिस र अधिवक्ता बन्दीबीच सवाल जवाफ चलेको थियो । बहसकैबीचमा महान्यायाधिवक्ता रमेश बडाल बन्दीका बीच चर्काचर्की नै परेको थियो । बन्दीले संवैधानिक इजलास गठनमाथि प्रश्न उठाएपछि आइतबारसम्मका लागि सुनुवाइ स्थगित गरिएको थियो। बन्दीले नेकपा विभाजन गराउने सर्वोच्चको फैसलामा संलग्न न्यायाधिस श्रेष्ठको उपस्थितीमाथि प्रश्न गरेका थिए ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ९ : ०८ बजे

कांग्रेस एकताका लागि महामन्त्री पौडेलको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय