१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

सरकारका ‘असंवैधानिक काम’को प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय



काठमाडौं । पाँच विपक्षी गठनबन्धनले ओली सरकारले गरेका सबै ‘असंवैधानिक क्रियाकलाप’को प्रतिवाद गर्ने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसको गठबन्धनको बैठकले ओली सरकारले गरेका सबै ‘असंवैधानिक कदम’बारे विज्ञप्ति निकालेर राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारले प्रतिनिधिसभा विघटन गरी अध्यादेशमार्फत बजेट ल्याएर संविधानको उल्लंघन गरेको निस्कर्ष निकालेको छ । सरकारले गरेका एकपछि अर्का असंवैधानिक कदम अघि बढाएका कारण त्यसको विरोध गर्नेबारे छलफल गरिएको बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

बैठकमा कांग्रेसभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एमालेका माधवकुमार नेपाल, जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव र राजमोका दुर्गा पौडेल लगायतका नेताहरु सहभागी भएका थिए ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका नेता देव गुरुङले सरकार विरुद्ध विज्ञप्तिमार्फत साझा धारणा सार्वजनिक गर्न लागिएको बताए । विज्ञप्तिमा कोभिड १९, भ्रष्टाचार, संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई समेटिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १२ : ०७ बजे

९ वर्षिय बालकको गाडिएको अवस्थामा शव भेटियो

कोहलपुर । दोस्रो बुवा र आमासँग बस्दै आएका एकजना ९

शिक्षक र सरकारबीच वार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल

कैलालीमा प्रचण्डलाई अछामी विशेष परिकार भक्सीको स्वाद चखाइयो

कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई-मधेस जागरण अभियानको

बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा पदस्थापन

बुटवल । योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद