८ बैशाख २०८३, मंगलबार | April 21, 2026

सरकारका ‘असंवैधानिक काम’को प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय



काठमाडौं । पाँच विपक्षी गठनबन्धनले ओली सरकारले गरेका सबै ‘असंवैधानिक क्रियाकलाप’को प्रतिवाद गर्ने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसको गठबन्धनको बैठकले ओली सरकारले गरेका सबै ‘असंवैधानिक कदम’बारे विज्ञप्ति निकालेर राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारले प्रतिनिधिसभा विघटन गरी अध्यादेशमार्फत बजेट ल्याएर संविधानको उल्लंघन गरेको निस्कर्ष निकालेको छ । सरकारले गरेका एकपछि अर्का असंवैधानिक कदम अघि बढाएका कारण त्यसको विरोध गर्नेबारे छलफल गरिएको बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

बैठकमा कांग्रेसभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एमालेका माधवकुमार नेपाल, जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव र राजमोका दुर्गा पौडेल लगायतका नेताहरु सहभागी भएका थिए ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका नेता देव गुरुङले सरकार विरुद्ध विज्ञप्तिमार्फत साझा धारणा सार्वजनिक गर्न लागिएको बताए । विज्ञप्तिमा कोभिड १९, भ्रष्टाचार, संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई समेटिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १२ : ०७ बजे

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ