२० बैशाख २०८१, बिहिबार | May 2, 2024

पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत छैन : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको दाबी गरेका छन् । आइतबार बजेटबारे सिंहदरबार आयोजित पत्रकार सममेलनमा बोल्दै अर्थमन्त्री पौडेलले बजेट संविधानसम्मत छैन भन्ने विषयमा दुविधा राख्नुपर्ने आवश्यकता नै नभएको बताए। पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत नभएको अर्थमन्त्री पौडेलको भनाई छ ।

उनले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको बताए । उनले सबै अवस्था र परिस्थितीको मुल्यांकन गरेर बजेट ल्याईएको हुँदा कार्यान्वयनमा कुनै दुविधा नहुने बताए ।

अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने दाबी गर्दै बजेट कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ आएकका कारण देखाउनको लागि मात्रै नभई कार्यान्वयन गर्न ल्याएको बताए ।

‘अर्थतन्त्रलाई पुरानै गतिशील अवस्थामा फर्काउने आत्मविश्वासका साथ बजेट ल्याएको हुँ’, उनले भने।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ३ : ५५ बजे

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध