१६ माघ २०८२, शुक्रबार | January 30, 2026

लुम्बिनी प्रदेश राष्ट्रियसभाको उपनिर्वाचन आज, बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान



काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुदै छ । आजको उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ ।

काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको भने तयारी पूरा भएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमण भएका मतदाताका लागि छुट्टै मतदानस्थल बनाइएको छ। निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ ।

आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए । आजको निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन्। जसमा प्रदेश सांसदको संख्या ८३ रहेको छ भने स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।

जसपाका चार प्रदेश सांसद सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मतदान गर्न पाउने भएपछि प्रदेश सांसदको संख्या ८३ पुगेको हो ।

सर्वोच्च अदालतले जेठ ३ गते अल्पकालीन आदेश जारी गरेबमोजिम संविधानको धारा १२८ को उपधारा ४ को व्यवस्था अनुसार पूरक मतदाता नामावलीका रुपमा प्रदेश निर्वाचन कार्यालयले उनीहरूलाई मतदाताका रूपमा समावेश गरिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ६ : ३२ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला