७ श्रावण २०८३, बिहिबार | July 23, 2026

खोपका लागि राष्ट्रपतिको कूटनीतिक सक्रियता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता जारी राखेकी छन् ।

राष्ट्रपति भण्डारीले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका राष्ट्रपति रामनाथ कोविन्द र चीनका राष्ट्रपति सी चिनफिङलाई विभिन्न माध्यममार्फत खोप सहयोगका लागि आग्रह गरेकी हुन् ।

गत शुक्रबार रुसका समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाउँदै राष्ट्रपति भण्डारीले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी हुन् । यसैगरी, गत बिहीबार अमेरिकी राष्ट्रपति जोन बाइडेनलाई समेत राष्ट्रपति भण्डारीले अमेरिकी विदेश मन्त्रालयमार्फत खोप सहयोगका लागि पत्र पठाएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनताको जीवन रक्षाका लागि खोप अनिवार्य विकल्प भएको भन्दै खोप सहयोगका लागि अनुरोध गरिएको ढकालले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले पठाएको पत्रलाई सोमबार अमेरिकाको विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसमक्ष पेस गर्ने जानकारी अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति कार्यालयलाई गराएको छ । साथै विदेश मन्त्रालयले नेपालले भोगिरहेको कोरोनाको समस्याका विषयमा अमेरिका जानकार रहेको र आवश्यक सहयोगका लागि सकरात्मक रहेको सन्देशसमेत दिएको छ । राष्ट्रपति भण्डारीले गत बुधबार दिउँसो उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी चिनफिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गर्दै टेलिफोन गरेकी थिइन् ।

सो क्रममा चीनका समकक्षी सी र राष्ट्रपति भण्डारीबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहेकाले आवश्यक सहयोगबारे आफू सकारात्मक रहेको बताएका थिए भने लगत्तै १० लाख खोप सहयोगको घोषणा भएको थियो । यसअघि पनि चीनले भेरोसेल खोप ८ लाख डोज नेपाललाई उपलब्ध गराइसकेको छ ।

त्यसअघि गत मंगलबार राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि कोरोनाविरुद्धको खोप खरिदका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन् ।

उनले भारतीय समकक्षी कोविन्दलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउँदै नेपाललाई खोप उपलब्ध गराउने विषयमा सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् । भारतले समेत यसअघि नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप पठाइसकेको छ ।

त्यसपछि नेपालले थप २० लाख डोज खोप खरिदका लागि भारतलाई रकम पठाएको थियो । सोमध्ये १० लाख नेपाल आइसकेको छ भने बाँकी १० लाख डोज आउन बाँकी छ । राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ७ : १८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क