१० चैत्र २०८२, मंगलबार | March 24, 2026

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा विपक्षी गठबन्धनका पाण्डे विजयी



बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे ४१४० मतभारसहित विजयी भएका छन् ।

आज दाङमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनको परिणाम अनुसार नेपाली कांग्रेस सहितको गठबन्धनका उम्‍मेदवार पाण्डे ५४६ मतभार बढीले विजयी भएका हुन् ।

कांग्रेसका पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । पाण्डेले प्रदेशसभातर्फ ४२ मत प्राप्त गरेका छन् । यसको मतभार २०१६ हुन्छ । यस्तै स्थानीयतर्फ ११८ मत प्राप्त गरेका छन् । यसको मतभार २१२४ हुन्छ । कुल ४१४० मतभारसहित पाण्डे विजयी भएका हुन् ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । खड्काले ३५९४ मत मात्र पाए ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो । बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउपालिकाका अध्यक्ष अशोक थापाले मतदानमा सहभागी भएनन् ।

नेपालगन्जमा मेयर राणाले घोषणा गरेर नै मतदान बहिस्कार गरेका थिए भने अन्य २ जना अस्वस्थाका कारण मतदान गर्न नआएको बताईएको छ । शाहको लखनउमा उपचार भईरहेको र थापाको काठमाडौमा उपचार चलिरहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ४ : २५ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर