२६ बैशाख २०८१, बुधबार | May 9, 2024

अशोक लेलैण्डले ९ थान दमकल प्रदेश नं. २ सरकारलाई हस्तान्तर गर्यो



काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालय लाई नौ थान दमकल हस्तान्तरण गरेको छ ।

प्रदेश नं.२ को मागअनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालय लाई हस्तान्तरण गरिएको बताएको छ ।
मन्त्रालय का पदाधिकारीहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण गरेका हुन ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता श्री अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताए ।

कुसवाहाले चालू आ.ब.को बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए । अशोक लेलैण्ड को १६१६ आई एल मोडलको च्यासिसमा बनाईएको दमकलमा जापानिज “शीबौरा कम्पनीको” पम्प प्रयोग गरिएको छ जस्ले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकल जस्तै काम गर्न सकिने जनाएको छ ।

यस दमकलमा ५५०० लिटर पानी अट्ने क्षमता रहेको छ साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ, जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुन बाट रोक्न सकिन्छ । कम्पनीका अनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरण मैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको जानकारी दिएको छ । केही महिना अगाडि अशोक लेलैण्ड को दमकल नेपालका बिभिन्न नगरपालिका जस्तै पुर्व को उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप–महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौं को चन्द्रागिरी नगरपालिका साथै नेपाल आयल निगम लिमिटेड लाई हस्तान्तरण गरिएको थापाले बताए ।

दमकलको कार्य क्षमता, यसमा रहेका अत्याधुनीक उपकरण, साथै दमकलको मर्मत खर्च कम हुने भएकोले यो दमकल नेपालमा बढी रुचाइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ७ : २५ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s