५ चैत्र २०८२, बिहिबार | March 19, 2026

अशोक लेलैण्डले ९ थान दमकल प्रदेश नं. २ सरकारलाई हस्तान्तर गर्यो



काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालय लाई नौ थान दमकल हस्तान्तरण गरेको छ ।

प्रदेश नं.२ को मागअनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालय लाई हस्तान्तरण गरिएको बताएको छ ।
मन्त्रालय का पदाधिकारीहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण गरेका हुन ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता श्री अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताए ।

कुसवाहाले चालू आ.ब.को बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए । अशोक लेलैण्ड को १६१६ आई एल मोडलको च्यासिसमा बनाईएको दमकलमा जापानिज “शीबौरा कम्पनीको” पम्प प्रयोग गरिएको छ जस्ले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकल जस्तै काम गर्न सकिने जनाएको छ ।

यस दमकलमा ५५०० लिटर पानी अट्ने क्षमता रहेको छ साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ, जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुन बाट रोक्न सकिन्छ । कम्पनीका अनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरण मैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको जानकारी दिएको छ । केही महिना अगाडि अशोक लेलैण्ड को दमकल नेपालका बिभिन्न नगरपालिका जस्तै पुर्व को उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप–महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौं को चन्द्रागिरी नगरपालिका साथै नेपाल आयल निगम लिमिटेड लाई हस्तान्तरण गरिएको थापाले बताए ।

दमकलको कार्य क्षमता, यसमा रहेका अत्याधुनीक उपकरण, साथै दमकलको मर्मत खर्च कम हुने भएकोले यो दमकल नेपालमा बढी रुचाइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ७ : २५ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर