४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै, न्यायाधीशहरु फेरिएनन



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिटमाथि सुनवाइ गर्न गठित संवैधानिक इलजासमा न्यायाधीसहरु फेरिएनन् ।

यसअघि गठित इजालासकै न्यायाधीसहरु आज पनि दोहोरिएका छन् । अब साविककै इजलासमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइ हुनेभएको छ ।

शुक्रबार र आइतबार रिट निवेदकका पक्षबाट बहस गरेका कानूनव्यवसायीहरुले न्यायाधीसद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासमा रहन नहुने माग गरेका थिए । यसबारे विवाद बढेपछि इजलासमै पक्ष विपक्षमा बहस समेत भएको थियो । महान्यायाधिवक्ताले भने वकिलले प्रश्न उठाउँदैमा न्यायाधीस फेरिन नहुने तर्क गरका थिए ।

प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबराले इजलासमा रहने नरहने विषय न्यायाधीसमै निर्भर हुने भन्दै उठेको इजलास आजका लागि स्थगित भएको थियो । यसबारे संवैधानिक इजलासको रोष्टरमा रहेका सर्वोच्चका न्यायाधीसहरुबीच हिजो गम्भीर छलफल भएको थियो । न्यायाधीसहरुले विवाद नआउने गरी वरिष्ठताका आधारमा इजलास गठन गर्नुपर्ने विषयमा हिजो छलफल गरेका थिए ।

तर, आजको इजलासमा भने न्यायाधीसद्वयहरु परिवर्तन गरिएको छैन । न्यायाधीसहरु फेरिन सक्ने अनुमान गरिए पनि आजको इजलासमा पनि प्रधानन्यायाधीस राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुस केसी र बमकुमार श्रेष्ठ रहेका छन् । न्यायाधीसद्वय श्रेष्ठ र केसीले आफुबारे उठेका विषयमाथि इजलासमै आफ्नो धारणा राख्ने बताएका छन् ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १० : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको