२२ बैशाख २०८१, शनिबार | May 4, 2024

कोरोना संक्रमणबाट प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु



काठमाडौं । देशभर कोरोना संक्रमणबाट दैनिक सरदर मृत्युदर घट्दोक्रममा पाइएको छ । गत बुधबारदेखि मंगलबारसम्म आधार मान्दा प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु हुने गरेको छ । गत ५ जेठमा एकै दिन २ सय ४६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको थियो ।

एक साता अवधिमा ७ सय ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबार १ सय ४५, बिहीबार १ सय ६, शुक्रबार ९६, शनिबार १ सय १६, आइतबार १ सय ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, संक्रमणबाट सोमबार १ सय १४ र मंगलबार ६८ जनाको मृत्यु भयो । मंगलबार मृतक संख्या २ अंकमा झरेको छ । हालसम्म ७ हजार ४ सय ५४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै, मंगलबार देशभर ६ हजार ८ सय ९८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८ सय ९८ जना निको भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ जना पुगेको छ ।

मंगलबार देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ जना पुगेको छ । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ६ : २३ बजे

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन