३ पुस २०८२, बिहिबार | December 18, 2025

ढुंगा-गिटी-बालुवा निकासी गर्ने बजेट घोषणा राष्ट्रघाती : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेट घोषणा राष्ट्रघाती भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष यादवले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो राष्ट्रघाती कार्य नगर्न सरकारलाई आग्रह गरेका छन् ।

चुरे क्षेत्रबाट गरिने ढुंगा, गिटी, बालुवा उत्खननले चुरे विनाश गर्ने र सिंगो तराई मधेशलाई मरुभूमिकरण गर्ने निश्चित भएको जनाएका छन् ।

यादवले भनेका छन्, ‘भविष्यमा मधेशका भूमिका उर्वरता समाप्त भई जनताको जीवन नै संकटमा पर्ने भएका हुँदा भरपर्दो वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी ल्याइएको ढुंगा, गिटी, बालुवा आदि उत्खनन् गरी निर्याात गर्ने कार्य बन्द गरिनुपर्छ ।’

अध्यक्ष यादवले सरकारको यो नीतिले नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला, तर यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई मधेशमा ठूलो प्राकृतिक संकट आउने जनाएका छन् ।

यादवले वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, चुरे संरक्षण र तराई मधेशलाई मरुभूमिकरण हुने कार्यबाट जोगाउन र त्यहाँका जनताले आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न बाध्य हुनुपर्ने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ३ : २७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका