६ पुस २०८२, आइतबार | December 21, 2025

जसपाका दुवै झगडियासँग निर्वाचन आयोगले माग्यो एक अर्कालाई कारवाही पुष्टि गर्ने प्रमाण



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक अर्कालाई कारवाही गरेको पुष्टि हुने हुने आधिकारिक कागजात मागेको छ।

बुधबार आयोगले दुवै पक्षलाई आआफ्नो दाबी प्रमाणित गर्ने आधिकारिक कागजपत्र पेश गर्न आग्रह गरेको हो । आयोगले अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय कार्यकारिणी बैठकको निर्णयको हस्ताक्षर समेत माग गरेको छ ।

मंगलबार मात्रै जसपाका अध्यक्षद्वय यादव र ठाकुरले एकले अर्कोलाई कारवाही गरेको भन्दै निर्वाचन आयोगमा रहेको दर्ता किताबबाट अर्का नेताको नाम हटाउन आग्रह गर्दै निवेदन दिएका थिए । यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निस्काशन गरेका थिए भने ठाकुरले यादवलाई निस्काशन गरेका थिए ।

निर्वाचन आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचा अनुसारको विवरण पेश गर्न भनेको छ । अनुसूची १८ मा दलको विवरण हेरफेर भएको निवेदन दिने ढाँचा समावेश छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ५ : ०८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा