१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

विश्वकप छनोट फुटबलका लागि आज नेपाल र चाइनिज ताइपेइसँग खेल्दै हुदैं



काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

ताइपेइविरुद्ध मैदान उत्रदा नेपाल स्पष्ट जितको खोजिमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेइविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ । समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जितसहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताइपेइ ५ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।

चाइनिज ताइपेइविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपेइ अहिलेसम्म दुई पटक भिडेका छन् । पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २-० ले खेल जितेको थियो ।

४ खेलबाट शत प्रतिशत जितसहित १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : ४१ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर