२२ भदौ २०८३, सोमबार | September 8, 2026

१२ सम्म पाठ्यपुस्तक निःशुल्क



काठमाडौं । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ ।

पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ ।

जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ ।

यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ ।

सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ । जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी दिए ।

जनक शिक्षाले हाल कक्षा ११ का नेपाली, अङ्ग्रेजी, सामाजिक विषयका पाठ्यपुस्तक छपाइ गरिरहेको छ । जनक शिक्षाले गतवर्ष पनि कक्षा ११ का अनिवार्य विषयका पाठ्यपुस्तक प्रकाशन गरी बिक्री वितरण गरेको थियो ।

कक्षा १२ को पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रले छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाएको छ । सरकारले असारबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

यो अवस्थामा नयाँ शैक्षिक सत्र प्रारम्भ भएलगत्तै विद्यार्थीको हातमा नयाँ पुस्तक पु¥याउन समस्या नहुने जनक शिक्षाले दाबी गरेको छ । गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ७ : ४२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार