३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

चाइनिज ताइपेइविरुद्ध नेपाल २-० गोलले विजयी



काठमाडौं । फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरणको खेलअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले हराएको छ । कुवेतको जबर अल अहमद रंगशालामा सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई हराएको हो ।

खेलको तेस्रो मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत् गोल गर्दै र नेपाललाई अग्रता दिलाएका थिए । नेपालीले प्रहार गरेको फ्री किकलाई चाइनिज ताईपेईका खेलाडीले आफ्नै बक्समा हातले छोएपछि नेपाली टिमले तेस्रोे मिनेटमै पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै नेपालले अग्रता बनायो ।

खेलको बाँकी समयमा दुवै तर्फबाट गोल बन्न नसक्दा पहिलो हाफमा नेपाल १-० गोलले अघि रह्यो । दोस्रो हाफमा पनि चाइनिज ताइपेईलाई दबाब बनाएको नेपालले दोस्रो हाफमा पनि एक गोल थप्यो ।

खेलको ७९ औं मिनेटमा युवा फरवार्ड मिनस डाँगीले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । तर त्यसको केही मिनेटमै फरवार्ड नवयुग श्रेष्ठले गोल गरे । त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्ने श्रेष्ठले खेलको ८२औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए । ८६औं मिनेटमा नवयुगको हेडर पोस्टनजिकैबाट बाहिरिएको थियो ।

पहिलो हाफको एक र दोस्रो हाफको एक गोलसँगै नेपालले ६ खेलमा दोस्रो जित निकालेको छ । चाइनिज ताइपेईकै मैदानमा भएको पहिलो लेगको खेलमा नेपालले २-० गोलको जित निकालेको थियो ।

सो खेलमा नेपालको दुवै गोल फरवार्ड विष्टले नै गरेका थिए । यससँगै विष्टले तीन गोल चाइनिज ताइपेई र एक गोल इराकविरुद्ध गरेर कूल चार अन्तराष्ट्रिय गोल गर्न सफल भएका छन् ।

यो जितसँगै नेपालले विश्वकप छनोटको ‘समूह बी’मा ६ अंक बनाएको छ । ६ अंकसँगै चौथो स्थानको नेपाल शीर्षस्थानको अष्ट्रेलियाभन्दा ६ अंक पछि छ भने दोस्रो र तेस्रो स्थानका जोर्डन र कुवेतभन्दा चार अंकले पछि छ । चाइनिज ताइपेई अंकविहीन छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : १५ बजे

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको

भोटेकोशी बाढी : काभ्रेका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता

रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

रूपन्देही । जिल्लामा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९

पूर्वराजा ज्ञानेन्द्र शाहको टिप्पणी : देश अस्तव्यस्त छ, राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश अस्तव्यस्त अवस्थामा रहेको