२२ बैशाख २०८१, शनिबार | May 4, 2024

चाइनिज ताइपेइविरुद्ध नेपाल २-० गोलले विजयी



काठमाडौं । फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरणको खेलअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले हराएको छ । कुवेतको जबर अल अहमद रंगशालामा सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई हराएको हो ।

खेलको तेस्रो मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत् गोल गर्दै र नेपाललाई अग्रता दिलाएका थिए । नेपालीले प्रहार गरेको फ्री किकलाई चाइनिज ताईपेईका खेलाडीले आफ्नै बक्समा हातले छोएपछि नेपाली टिमले तेस्रोे मिनेटमै पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै नेपालले अग्रता बनायो ।

खेलको बाँकी समयमा दुवै तर्फबाट गोल बन्न नसक्दा पहिलो हाफमा नेपाल १-० गोलले अघि रह्यो । दोस्रो हाफमा पनि चाइनिज ताइपेईलाई दबाब बनाएको नेपालले दोस्रो हाफमा पनि एक गोल थप्यो ।

खेलको ७९ औं मिनेटमा युवा फरवार्ड मिनस डाँगीले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । तर त्यसको केही मिनेटमै फरवार्ड नवयुग श्रेष्ठले गोल गरे । त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्ने श्रेष्ठले खेलको ८२औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए । ८६औं मिनेटमा नवयुगको हेडर पोस्टनजिकैबाट बाहिरिएको थियो ।

पहिलो हाफको एक र दोस्रो हाफको एक गोलसँगै नेपालले ६ खेलमा दोस्रो जित निकालेको छ । चाइनिज ताइपेईकै मैदानमा भएको पहिलो लेगको खेलमा नेपालले २-० गोलको जित निकालेको थियो ।

सो खेलमा नेपालको दुवै गोल फरवार्ड विष्टले नै गरेका थिए । यससँगै विष्टले तीन गोल चाइनिज ताइपेई र एक गोल इराकविरुद्ध गरेर कूल चार अन्तराष्ट्रिय गोल गर्न सफल भएका छन् ।

यो जितसँगै नेपालले विश्वकप छनोटको ‘समूह बी’मा ६ अंक बनाएको छ । ६ अंकसँगै चौथो स्थानको नेपाल शीर्षस्थानको अष्ट्रेलियाभन्दा ६ अंक पछि छ भने दोस्रो र तेस्रो स्थानका जोर्डन र कुवेतभन्दा चार अंकले पछि छ । चाइनिज ताइपेई अंकविहीन छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : १५ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै