७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतमा रेलमार्गमा गत बर्ष मात्रै आठ हजार ७०० को मृत्यु



एजेन्सी । भारतमा गत बर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।

कोरोनाभाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागु भइरहेकै बेला उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

समितिका उच्च अधिकारीहरूले यो विवरण गत बर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको जानकारी दिएका छन् । मध्यप्रदेशका अभियान्ता चन्द्र शेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो । प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको छ ।

रेल मार्गमा मृत्यु भएकाहरूको खास सङ्ख्या भने आठ हजार ७३३ रहेको छ । लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमाउनु परेको र खाद्यान्नलगायतको अभाव भएको कारणले कामदारहरु रेलमार्ग हुदै हिडेर आ-आफ्ना घर तर्फ जाने क्रममा उनीहरुको मृत्यु भएको पाइएको छ । “लकडाउनका कारण रेल मार्गमा रेल गुडेका थिएनन, तर आफ्नो घर जान चाहने पैदल यात्रुहरुको संख्या भने ठूलो थियो, तीनै मध्येका ८७ सयको मृत्यु भएको हो,” एक अधिकारीले भने ।

रेलवे समितिका प्रवक्ता डीजे नारायणले रेल मार्गमा रेल दुर्घटना भएर नभइ रेल मार्ग अतिक्रमण गरेकाले उनीहरुको मृत्यु भएको स्पष्ट पारे।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ७ : ४८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११