१० चैत्र २०८२, मंगलबार | March 24, 2026

काठमाडौं उपत्यकामा खुकुलो बनाएर थपिएको निषेधाज्ञा आजबाट लागूः के खुल्छन्, के खुल्दैनन् ? (सुचिसहित)



काठमाडौं । काठमाडौं उपत्यकाका लागि केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजबाट शुरु भएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था लागू गरिएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार अब काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म किराना लगायत केही पसल खुला गर्न पाइने छ ।

तरकारी, फलफूल, दूध, मासु, खानेपानी लगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोरमा भने ग्रोसरीमात्र खोल्न दिइने छ । राति ९ बजेदेखि बिहान ९ बजेसम्मको लागि निर्माण सामग्रीको ढुवानीका साधनहरू सञ्चालनको अनुमति दिइएको छ ।

काठमाडौंमा बैंक तथा वित्तीय संस्थाको हकमा प्रधान कार्यालय र ३ वटा शाखा वाणिज्य बैंकले, विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा, वित्त कम्पनीले प्रधान कार्यालय र एक वटा शाखा खेलेर सेवा दिन पाउने भएका छन् ।

अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा प्रवाह हाललाई स्थगित गरिएको छ ।

नयाँ ब्यवस्थासहित जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञामा खाद्यान्न पसलदेखि मोटरसाइकल वर्कसपसम्मका केही सेवाहरुलाई भने खुला गरिएको हो । जसअनुसार आजदेखि बिहान नौ बजेसम्म वर्कसप पनि खोल्न पाइने भएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/CDO_Adesh_KTM.pdf”]

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : १४ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको