७ आश्विन २०८३, बुधबार | September 23, 2026

आठ मन्त्री र दुई राज्य मन्त्रीसहित राजेन्द्र महतोको नेतृत्वमा जसपाको ठाकुर समुह सरकारमा सहभागी



काठमाडौं । जनता समाजवजादी पार्टीको ठाकुर महतो पक्ष राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी भएको छ ।

महतो उपप्रधानमन्त्री बनेका छन् । महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्षमणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मियालाई मन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुको आजै साँझ ६ बजे सपथग्रहण हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार टिकाउनका लागि सहयोग गरेको जसपाको एक पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । जसपाले उपप्रधानमन्त्रीसहित गृहमन्त्री खोजेको थियो । तर, प्रधानमन्त्री ओलीले गृहमन्त्री भने आफैले राख्ने तर अन्य आकर्षक मन्त्रालय दिने गरी ठाकुर महतोलाई फकाएका छन् । मन्त्रिपरिषदमा सहभागिता र मन्त्रालयको टुंगो लगाउन प्रधानमन्त्री ओली र ठाकुर महतोबीच आज बालुवाटारमा लामो छलफल भएको थियो ।

ठाकुर-महतो पक्षबाट २ राज्यमन्त्रीसहित १० जनामन्त्री बनाइएका छन् । महतोले उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेका छन् । यस्तै, शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बनेका छन् । अनिलकुमार झालाई खानेपानी तथा सरसफाई मन्त्री बनाइएको छ भने लक्ष्मणलाल कर्णले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ । यस्तै, उमाशंकर अरगरियाले युवा तथा खेलकूद मन्त्रालय पाएका छन् ।

एकवाल मिँया र चन्दा चौधरीको मन्त्रालयबारे छलफल जारी रहेको छ । यसैगरी दुई चन्द्रकान्त चौधरी र रेनुका गुरुङलाई राज्यमन्त्री बनाइएको छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई