१७ बैशाख २०८१, सोमबार | April 29, 2024

आठ मन्त्री र दुई राज्य मन्त्रीसहित राजेन्द्र महतोको नेतृत्वमा जसपाको ठाकुर समुह सरकारमा सहभागी



काठमाडौं । जनता समाजवजादी पार्टीको ठाकुर महतो पक्ष राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी भएको छ ।

महतो उपप्रधानमन्त्री बनेका छन् । महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्षमणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मियालाई मन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुको आजै साँझ ६ बजे सपथग्रहण हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार टिकाउनका लागि सहयोग गरेको जसपाको एक पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । जसपाले उपप्रधानमन्त्रीसहित गृहमन्त्री खोजेको थियो । तर, प्रधानमन्त्री ओलीले गृहमन्त्री भने आफैले राख्ने तर अन्य आकर्षक मन्त्रालय दिने गरी ठाकुर महतोलाई फकाएका छन् । मन्त्रिपरिषदमा सहभागिता र मन्त्रालयको टुंगो लगाउन प्रधानमन्त्री ओली र ठाकुर महतोबीच आज बालुवाटारमा लामो छलफल भएको थियो ।

ठाकुर-महतो पक्षबाट २ राज्यमन्त्रीसहित १० जनामन्त्री बनाइएका छन् । महतोले उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेका छन् । यस्तै, शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बनेका छन् । अनिलकुमार झालाई खानेपानी तथा सरसफाई मन्त्री बनाइएको छ भने लक्ष्मणलाल कर्णले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ । यस्तै, उमाशंकर अरगरियाले युवा तथा खेलकूद मन्त्रालय पाएका छन् ।

एकवाल मिँया र चन्दा चौधरीको मन्त्रालयबारे छलफल जारी रहेको छ । यसैगरी दुई चन्द्रकान्त चौधरी र रेनुका गुरुङलाई राज्यमन्त्री बनाइएको छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : ४६ बजे

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक