७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

ईश्वर पोखरेल उपप्रधानमन्त्रीबाट बाहिरिए, विष्णु पौडेल र रघुवीर महासेठ नयाँ उपप्रधानमन्त्री



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको ठाकुर समुहलाई उपप्रधानमन्त्रीसहित सरकारमा भित्र्याएसँगै हालका उपप्रधानमन्त्री इश्वर पोखरेल मन्त्रीबाट हटेका छन् । पोखरेलसँगै एमालेका अन्य कैयौं मन्त्रीहरु पनि मन्त्रिपरिषद्बाट हटाइएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चार जनाबाहेक अन्य सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् ।

नयाँ विस्तारित मन्त्रिपरिषद्बाट पोखरेल बाहिरिएका हुन् । पहिला उपप्रधानमन्त्रीसहित रक्षामन्त्री समेत रहेका पोखरेलको रक्षा मन्त्रायल प्रधानमन्त्री ओलीले आफैले खोसेर राखेका थिए । आफ्ना प्रिय पात्र समेत रहेका पोखरेल अब एमालेलाई आगामी चुनावमा फेरि पहिलो पार्टी बनाउने गरी संगठन निर्माणको काममा मात्रै ओलीले खटाउने भएका छन् ।

ईश्वर पोखरेल उपप्रधानमन्त्रीबाट बाहिरिएपछि ओलीले अर्थमन्त्री विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन् । महासेठले परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् । महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाइएका हुन् । यससँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई ओलीले हटाएका हुन् ।

ओलीले हृदयस त्रिपाठीले नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शेरबहादुर तामाङलाई लगेका छन् । २०७४ सालमा कानून मन्त्री बनाइएका तामाङलाई ओलीले ६ महिना नपुग्दै मन्त्रीपदबाट बर्खास्त गरेका थिए । पहिला एमालेको माधव समुहका सक्रिय नेता रहेका तामाङ पछिल्लो समय ओली निकट बनेपछि उनको प्रिय बनेका छन् । त्यसपछि ओलीले तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मा दिएका थिए ।

पोखरेलसँगै वनमन्त्री प्रेम आले र महिला बालबालिकामन्त्री जुलीकुमारी महतोको पनि मन्त्री पद गएको छ । यी दुवै मन्त्रालय ठाकुर समुहले पाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : २० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी