७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

आईसीसी विश्वकप सुपर लिग : नेदरयान्ड्सविरूद्ध आयरल्यान्डको जित



काठमाडौं । आईसीसी विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्डले नेदरल्यान्ड्समाथि सहज जित निकालेको छ ।

शुक्रबार भएको खेलमा आयरल्याण्डले नेदरल्यान्ड्समाथि ८ विकेटको जित निकालेको हो । नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य आयरल्याण्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

आयरल्याण्डका लागि कप्तान एन्डी बल्ब्रिनीले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, पाउल स्ट्रर्लिङले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा ह्यारी टेक्टरले अविजित ३० रन जोडे ।

नेदरल्यान्ड्सका पिटर सिलार र लोगन भान विकले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ३६ रन बनाए । बास डी लिड र स्कट इडवार्डले समान २३/२३ रन बनाए । भान विकले अविजित २२ रन बनाए ।

आयरल्याण्डका क्रेग योङ र जोस लिटलले ४/४ विकेट लिए । यस जितसँगै आयरल्याण्डले तीन खेलको सिरिज १-१ को बराबरी गरेको छ । यस अघि पहिलो खेलमा नेदरल्यान्ड्स आयरल्याण्डविरुद्ध १ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ८ : १५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल