८ बैशाख २०८३, मंगलबार | April 21, 2026

आईसीसी विश्वकप सुपर लिग : नेदरयान्ड्सविरूद्ध आयरल्यान्डको जित



काठमाडौं । आईसीसी विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्डले नेदरल्यान्ड्समाथि सहज जित निकालेको छ ।

शुक्रबार भएको खेलमा आयरल्याण्डले नेदरल्यान्ड्समाथि ८ विकेटको जित निकालेको हो । नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य आयरल्याण्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

आयरल्याण्डका लागि कप्तान एन्डी बल्ब्रिनीले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, पाउल स्ट्रर्लिङले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा ह्यारी टेक्टरले अविजित ३० रन जोडे ।

नेदरल्यान्ड्सका पिटर सिलार र लोगन भान विकले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ३६ रन बनाए । बास डी लिड र स्कट इडवार्डले समान २३/२३ रन बनाए । भान विकले अविजित २२ रन बनाए ।

आयरल्याण्डका क्रेग योङ र जोस लिटलले ४/४ विकेट लिए । यस जितसँगै आयरल्याण्डले तीन खेलको सिरिज १-१ को बराबरी गरेको छ । यस अघि पहिलो खेलमा नेदरल्यान्ड्स आयरल्याण्डविरुद्ध १ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ८ : १५ बजे

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ