१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

पछिल्लो २४ घण्टामा बाँकेमा थप ५ जनाको मृत्यु



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सबै संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । पछिल्लो पटक मृत्यु हुनेमा नेपालगन्ज, बर्दिया, दाङ र रुकुमका रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका(१८ की ७२ वर्षीय महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै, कोहलपुर– १४ की ७० वर्षीय महिलाको शुक्रबार राति सवा ७ बजे मृत्यु भएको थियो । यस्तै, बर्दियाको गुलरिया नगरपालिका(४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजे मृत्यु भएको छ ।
यसैगरी नेपालगञ्ज ११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ भने रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे मृत्यु भएको थियो ।

कोरोनाको दोस्रो महामारी सुरु भएपछि हटस्पट नै बनेको बाँकेमा केहिदिन यता संक्रमण संख्या र मृत्यु संख्यामा केही कमी आएको थियो । बाँकेमा मात्रै हालसम्म कोरोना संक्रमणबाट २९९ जनाको मृत्यु भैसकेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि आएर पनि मृत्युवरण गरेकाहरुको संख्या ३१० पुगेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  १२ : २९ बजे

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको