१८ असार २०८३, बिहिबार | July 3, 2026

प्रदेश सरकार, स्थानीय तह र प्रशासनको मिलोमतोमा रुपन्देहीमा नदी दोहन भएको पाँच दलको आरोप



बुटवल । केन्द्रमा रहेको पाँच दलिय विपक्षी गठबन्धनले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको गर्ने विषयमा मौनता साँधेपनि रुपन्देही जिल्लामा रहेका पाँच दलिय गठबन्धनले भने महतोको भनाईले राष्ट्रियतथामाथि गम्भिर खलल् पु-याउने भन्दै नेपाली नागरिक समक्षा माफि माग्दै सो भनाई फिर्ता लिन माग गरेको छ । पाँच दलका तर्फबाट आज प्रकाशित विज्ञप्तिमा उपप्रधानमन्त्री महतोको भनाईले राष्ट्रियतामागि गम्भिर खलल् पुगेको भन्दै अविलम्ब आम नागरिकसँग आत्मालाचित हुँदै आफ्नो भनाई फिर्ता लिन माग गरेको छ ।

पाँच दलका जिल्ला नेताहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा मन्त्रिपरिषदको पुनर्गठन गरेर संविधान र लोकतन्त्रको मुल्य र मान्यताको उपहास गरिएको उल्लेख छ । सरकारले अध्यादेश मार्फत बजेट ल्याएर ढुङ्गा, गिटी र बालुवा निकासी गर्न चुरे लगायत खानीजन्य पहाडको उत्खनन् गर्ने निर्णय गरेको उल्लेख गर्दै पाँच दलिय विज्ञप्तिमा तराईका जनताको पानीको श्रोत नै बन्द गरिदिने जस्तो अदुदर्शी निर्णय सरकारले गरेको आरोप लगाईएको छ ।

विपक्षी गठबन्धन आवद्ध दलहरुले प्रदेश सरकार, स्थानीय तह र प्रशासनको मिलोमतोमा वातावरणिय प्रभाव मुल्याँकन नै नगरि तिनाउ नदी, रोहिणी नदी, कञ्चन, दानव, घोडाहा लगायतका नदीबाट अनियन्त्रीतरुपमा नदीजन्य पदार्थ उत्खनन् तथा निकासी भईरहेको आरोप समेत लगाएका छन् । वातावरणीय प्रभाव मुल्याँकन नै नगरि गरिएको उत्कखनन् तत्काल रोक्न दलहरुले माग गरेका छन् ।

विज्ञपीतमा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेकपा माओवादी केन्द्रका सचिव निर्मल जिसी, नेकपा एमालेका अध्यक्ष राजु गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष राम अवतार यादव र राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बदरे आलमले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ३ : २१ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले