६ पुस २०८२, आइतबार | December 21, 2025

प्रदेश सरकार, स्थानीय तह र प्रशासनको मिलोमतोमा रुपन्देहीमा नदी दोहन भएको पाँच दलको आरोप



बुटवल । केन्द्रमा रहेको पाँच दलिय विपक्षी गठबन्धनले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको गर्ने विषयमा मौनता साँधेपनि रुपन्देही जिल्लामा रहेका पाँच दलिय गठबन्धनले भने महतोको भनाईले राष्ट्रियतथामाथि गम्भिर खलल् पु-याउने भन्दै नेपाली नागरिक समक्षा माफि माग्दै सो भनाई फिर्ता लिन माग गरेको छ । पाँच दलका तर्फबाट आज प्रकाशित विज्ञप्तिमा उपप्रधानमन्त्री महतोको भनाईले राष्ट्रियतामागि गम्भिर खलल् पुगेको भन्दै अविलम्ब आम नागरिकसँग आत्मालाचित हुँदै आफ्नो भनाई फिर्ता लिन माग गरेको छ ।

पाँच दलका जिल्ला नेताहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा मन्त्रिपरिषदको पुनर्गठन गरेर संविधान र लोकतन्त्रको मुल्य र मान्यताको उपहास गरिएको उल्लेख छ । सरकारले अध्यादेश मार्फत बजेट ल्याएर ढुङ्गा, गिटी र बालुवा निकासी गर्न चुरे लगायत खानीजन्य पहाडको उत्खनन् गर्ने निर्णय गरेको उल्लेख गर्दै पाँच दलिय विज्ञप्तिमा तराईका जनताको पानीको श्रोत नै बन्द गरिदिने जस्तो अदुदर्शी निर्णय सरकारले गरेको आरोप लगाईएको छ ।

विपक्षी गठबन्धन आवद्ध दलहरुले प्रदेश सरकार, स्थानीय तह र प्रशासनको मिलोमतोमा वातावरणिय प्रभाव मुल्याँकन नै नगरि तिनाउ नदी, रोहिणी नदी, कञ्चन, दानव, घोडाहा लगायतका नदीबाट अनियन्त्रीतरुपमा नदीजन्य पदार्थ उत्खनन् तथा निकासी भईरहेको आरोप समेत लगाएका छन् । वातावरणीय प्रभाव मुल्याँकन नै नगरि गरिएको उत्कखनन् तत्काल रोक्न दलहरुले माग गरेका छन् ।

विज्ञपीतमा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेकपा माओवादी केन्द्रका सचिव निर्मल जिसी, नेकपा एमालेका अध्यक्ष राजु गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष राम अवतार यादव र राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बदरे आलमले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ३ : २१ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको