७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा ब्युँताउने एमाले अध्यक्ष ओलीको घोषणा, सर्वोच्चको रिट फिर्ता लिनुपर्ने शर्त



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले एमाले एकताको नयाँ प्रस्ताव अगाडि सारेका छन् । लामो समयदेखि एमालेको माधव पक्षले उठाउँदै आएको एमालेको संगठनलाई जेठ ३ पूर्वको अवस्थामा पु¥उने मागलाई सम्बोधन गर्दै ओलीले त्यसको बदलामा कांग्रेस सभापति शेरबहादुर देउवा लाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा परेको निवेदनमा एमालेका तर्फबाट हस्ताक्षर गरेका सबैले हस्ताक्षर फिर्ता लिनुपर्ने प्रस्ताव गरेका छन् ।

आज एकताको आह्वान पत्र सार्वजानिक गर्दै ओलीले एमाले सबै भातृ संगठनहरुलाई पनि २०७५ जेठ ३ पूर्वको अवस्थामा ब्युँताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज मध्यान्ह मात्र नेपाल पक्षले स्थायी कमिटी बैठककाे निर्णय सार्वजानिक गर्दै एकता वार्तालाई अध्यक्ष ओलीकाे दाउपेचमा नअल्मलिने बताएकाे थियाे । स्थायी कमिटीको बैठकले ओली पक्षबाट वार्ताको नाममा चाबाजीको भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको समेत गरेकाे थियाे ।

ओलीले ६ बुँदामा प्रस्ताव गर्दै गल्ति कमजाेरी गरेका नेपाल पक्षका नेताहरुलाई कारवाही नगरिने समेत घाेषणा गरेका छन् । ‘यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन, कुनै भेदभाव गरिने छैन ।’ ओलीले भनेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ९ : ३५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई