१९ बैशाख २०८१, बुधबार | May 1, 2024

एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा ब्युँताउने एमाले अध्यक्ष ओलीको घोषणा, सर्वोच्चको रिट फिर्ता लिनुपर्ने शर्त



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले एमाले एकताको नयाँ प्रस्ताव अगाडि सारेका छन् । लामो समयदेखि एमालेको माधव पक्षले उठाउँदै आएको एमालेको संगठनलाई जेठ ३ पूर्वको अवस्थामा पु¥उने मागलाई सम्बोधन गर्दै ओलीले त्यसको बदलामा कांग्रेस सभापति शेरबहादुर देउवा लाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा परेको निवेदनमा एमालेका तर्फबाट हस्ताक्षर गरेका सबैले हस्ताक्षर फिर्ता लिनुपर्ने प्रस्ताव गरेका छन् ।

आज एकताको आह्वान पत्र सार्वजानिक गर्दै ओलीले एमाले सबै भातृ संगठनहरुलाई पनि २०७५ जेठ ३ पूर्वको अवस्थामा ब्युँताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज मध्यान्ह मात्र नेपाल पक्षले स्थायी कमिटी बैठककाे निर्णय सार्वजानिक गर्दै एकता वार्तालाई अध्यक्ष ओलीकाे दाउपेचमा नअल्मलिने बताएकाे थियाे । स्थायी कमिटीको बैठकले ओली पक्षबाट वार्ताको नाममा चाबाजीको भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको समेत गरेकाे थियाे ।

ओलीले ६ बुँदामा प्रस्ताव गर्दै गल्ति कमजाेरी गरेका नेपाल पक्षका नेताहरुलाई कारवाही नगरिने समेत घाेषणा गरेका छन् । ‘यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन, कुनै भेदभाव गरिने छैन ।’ ओलीले भनेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ९ : ३५ बजे

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा