२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने, एमालेले के गर्ला ?



धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिने गरी हिजो प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।

प्रदेशसभामा पत्र दर्ता गराएको ४८ घण्टापछि विश्वासको मत लिने प्रक्रिया परिपक्क हुन्छ । मुख्यमन्त्रीले सोमबार नै विश्वासको मत लिन खोजेपनि नियमनअनुसार नमिलेका कारण भोलिका लागि सारेका हुन् ।

भट्ट एमालेको समर्थनमा २०७४ सालमा मुख्यमन्त्री बनेका थिए । हाल एमालेमा आएको विभाजनका कारण मुख्यमन्त्री भट्ट विश्वासको मत लिने निस्कर्षमा पुगेका हुन् ।

एमाले स्थायी कमिटी बैठकले जेठ १० गते सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिन प्रदेश संसदीय दललाई निर्देशन दिएको थियो । तर, १२ गते बजेको संसदीय दलको बैठकले भने सरकारलाई समर्थन कायमै राख्ने निर्णय गर्दै सरकारमा मन्त्री समेत थप गर्ने निर्णय गरेको थियो । त्यसपछि एमाले प्रदेश कमिटीले १० जना सांसदहरुलाई स्पष्टीकरण सोधिसकेको छ ।

प्रदेश संसदीय दलका नेता एवं मन्त्री प्रकाशबहादुर शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण बुझाउँदै सरकारलाई दिँदै आएको समर्थन कायमै रहने प्रष्ट पारेका थिए ।

प्रदेशसभामा एमालेका सभामुखसहित २५ जना सांसदहरु रहेका छन् । तीमध्ये ६ जना सांसदहरु ओली पक्षमा रहेका छन् । एकदुई सांसद ओली पक्षमा गएपनि नेपाल पक्ष अझै प्रष्ट बहुमतमा रहेको छ ।

५२ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १३ जना सांसदहरु रहेकाछन् । मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न उनलाई थप १५ सांसदको आवश्यकता पर्दछ । नेपाल समुह सबैले समर्थन गरेमा भट्टले विश्वासको मत प्राप्त गर्न सक्छन् । अहिलेसम्मको अवस्थामा फेरबदल भएन भने संसदीय दलमा नेपाल पक्षले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप लगाउनेछ ।

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १२ : ३० बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२