११ श्रावण २०८३, सोमबार | July 27, 2026

हवाई इन्धनको मूल्य घटेसँगै नेपाल एयरलाइन्सले घटायो उडान भाडा



काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडान भाडादर घटाएको छ ।

इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागुहुने गरी कार्गो तथा चार्टर्ड उडानको भाडादर घटाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । उनका अनुसार निगमले वाइडबडी विमान (एयरबस ३३०) मा साबिकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोबडी (एयरबस ३२०) जहाजमा १५ प्रतिशतले शुल्क घटाएको छ ।

नयाँ मूल्य अनुसार अब वाइडबडी जहाजको चार्टर्ड तथा कार्गो उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार ४६० कायम गरिएको छ । यसअघि उक्त जहाजको भाडादर १५ हजार ५२० डलर रहेको थियो । आयल निगमले वाइडबडी जहाजको भाडादरमा दुई हजार ६० डलर घटाएको हो ।

यसैगरी निगमसँग रहेको न्यारोबडी जहाजको भाडादर प्रतिघण्टा छ हजार ५८० बनाइएको छ । यसअघि उक्त जहाजको भाडादर सात हजार ७१० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर एक हजार १३० डलरले घटाएको छ ।

महँगो हवाई इन्धनका कारणले नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक प्रभाव तथा अन्तर्राष्ट्रियजगत्मा नेपालको प्रतिष्ठामा असर परेको भन्दै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हवाई इन्धनको शुल्क घटाउन आग्रह गर्दै आउनुभएको थियो ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  २ : ३९ बजे

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले