३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

४९ केजी गाँजासहित बारामा तीन जना पक्राउ



बारा । बारामा ४९ केजी गाँजासहित तीनजना पक्राउ परेका छन् । सोमबार बेलुका महागढीमाई नगरपालिका-२ स्थित इनर्वा चोकबाट ४९ केजी गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका घर भएका अमिरका पासवान, रमेश चौधरी र राज कुमार ठाकुर छन् । लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट संयुक्त रुपमा खटिएको टोलीले पक्राउ गरेका छन् ।

बरियापुरतर्फबाट तेलकुवा जाँदै गरेको ना २ ह ६१०६ नम्बरको अटो र पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भएको जनाएको छ । हाल उनीहरुलाई बारा प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ६ : २३ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र