७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालकाे चर्चित निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका संस्थापक राधाकृष्ण शर्माको निधन



काठमाडौं । नेपालका चर्चित निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका संस्थापक निर्माण व्यवसायी राधाकृष्ण शर्माको निधन भएको छ ।  नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष शर्माको ८६ वर्षको उमेरमा आज उनकै निवास ताहाचल काठमाडौंमा  निधन भएको हो ।

नेपालको सफल निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका संस्थापक शर्मा नेपालमै एउटा सफल निर्माण व्यवसायीकारुपमा गनिन्छन् । म्याग्दीको पात्लाखेतमा जन्मेका शर्मा निर्माण व्यवसायसँगै समाजसेवामा पनि अग्रसर थिए । लामो समय काठमाडौको बाफल स्थित ज्ञानोदय माबीको व्यवस्थापन समितिका अध्यक्ष रहेका शर्माले सो बिद्यालयमा आफ्नै लगानीमा भौतिक संरचना बनाएका छन् भने म्याग्दीको गलेश्वर धाममा निजी लगानीमा मुल मन्दिर सहित मन्दिर परिषरको पुननिर्माण सहित जिर्णोद्धार गरेका छन् ।

व्यवसायी शर्माले महासंघमा संस्थापक उपाध्यक्ष सहित तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । नेपालको निर्माण उद्योगको व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका निभाएका शर्मा हाल महासंघको मानार्थ सदस्य छन् । शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित भएका थिए ।

पशुपति आर्यघाटमा शर्माको शवमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शर्माका छाेरा रमेश शर्माले पनि निर्माण व्यवसायलाई नै निरन्तरता दिएका छन् ।  निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रमेश शर्मा हाल महासंघका सल्लाहकार छन् ।

शर्माको एक श्रीमती, एक छोरा र ३ छोरी छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ६ : ५४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११