७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपालकाे चर्चित निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका संस्थापक राधाकृष्ण शर्माको निधन



काठमाडौं । नेपालका चर्चित निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका संस्थापक निर्माण व्यवसायी राधाकृष्ण शर्माको निधन भएको छ ।  नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष शर्माको ८६ वर्षको उमेरमा आज उनकै निवास ताहाचल काठमाडौंमा  निधन भएको हो ।

नेपालको सफल निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका संस्थापक शर्मा नेपालमै एउटा सफल निर्माण व्यवसायीकारुपमा गनिन्छन् । म्याग्दीको पात्लाखेतमा जन्मेका शर्मा निर्माण व्यवसायसँगै समाजसेवामा पनि अग्रसर थिए । लामो समय काठमाडौको बाफल स्थित ज्ञानोदय माबीको व्यवस्थापन समितिका अध्यक्ष रहेका शर्माले सो बिद्यालयमा आफ्नै लगानीमा भौतिक संरचना बनाएका छन् भने म्याग्दीको गलेश्वर धाममा निजी लगानीमा मुल मन्दिर सहित मन्दिर परिषरको पुननिर्माण सहित जिर्णोद्धार गरेका छन् ।

व्यवसायी शर्माले महासंघमा संस्थापक उपाध्यक्ष सहित तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । नेपालको निर्माण उद्योगको व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका निभाएका शर्मा हाल महासंघको मानार्थ सदस्य छन् । शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित भएका थिए ।

पशुपति आर्यघाटमा शर्माको शवमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शर्माका छाेरा रमेश शर्माले पनि निर्माण व्यवसायलाई नै निरन्तरता दिएका छन् ।  निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रमेश शर्मा हाल महासंघका सल्लाहकार छन् ।

शर्माको एक श्रीमती, एक छोरा र ३ छोरी छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ६ : ५४ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा