१० चैत्र २०८२, मंगलबार | March 25, 2026

रुपन्देहीको ६५ संक्रमित थपिदा २०४ जना संक्रमण मुक्त भए



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीका प्रयोगशालाहरुमा ४३८ नमुना परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा सोही अवधीमा २ जनाको मृत्यु भएको छ भने २०४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । आज सम्ममा रुपन्देहीमा मृत्यु हुनेको संख्या ४५६ पुगेको छ ।

आज रुपन्देहीको स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १४ जनामा संक्रमित पुष्टि थपिएका छन ।

यस्तै बुटवल उपमहानगरपालिकामा १२ जना, देवदह नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ६ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना, कञ्चन गाउँपालिका, सियारी गाउँपालिका, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिकामा ३३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २२ जना, मर्चवारी र कोटहीमाई गाउँपालिकामा ११ जना संक्रमित थपिएका छन् । जिल्लामा अहिलेपनि ९७० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ७ : २३ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण