१० चैत्र २०८२, मंगलबार | March 25, 2026

कांग्रेसको १४ औं महाधिवेशन : वैकल्पिक विधिबाट मतदान गर्न युवा नेताहरुको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् ।

कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार र बद्री पाण्डेले मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेरै ‘१४औं महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ प्रस्ताव गरेका हुन् ।

कोरोना बाहनामा ‘अब महाधिवेशन सार्ने गरी कुनै योजना नबनाउन’ ध्यानाकर्षण गराउँदै उनीहरूले ‘जतिसक्दो छिटो पार्टीमा सल्लाह गरेर महाधिवेशनबारे निर्णय लिन’समेत आग्रह गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका युवा नेता प्रदीप पौडेलले ‘महाधिवेशन गर्नुको विकल्प नभएको’ भन्दै ‘प्रक्रियामा विकल्प खोजेर भए पनि निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गरिनुपर्ने’तर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको जानकारी दिए ।

‘महाधिवेशन विषय अन्योल भयो, महामारीकैबीच प्रक्रियामा विकल्प खोजेर भए पनि गरौं भनेर सभापतिलाई भनेका छौं,’ नेता पौडेलले राजधानीसँग भने, ‘सभापतिज्यूले पदाधिकारी बैठक बोलाएर छलफल गर्छु भन्नु भएको छ ।’

अर्का केन्द्रीय सदस्यसमेत रहेका युवा नेता धनराज गुरुङ ‘संविधानले दिएको व्यवस्थासमेत पार्टीले उपयोग गरिसकेकाले पार्टी वैधानिकता जोगाउनकै लागि भए पनि वैकल्पिक प्रक्रियाबाट महाधिवेशन गर्न’ सभापतिलाई सुझाएको बताउँछन् ।

‘अब फेरि महाधिवेशन सार्ने अवस्था छैन, वैधानिकताको पनि कुरा छ, बरु प्रक्रियामा विकल्प खोजौं, वडामा एक बुथका ठाउँमा १० बुथ राखौं,’ पार्टी सभापतिलाई राखिएको प्रस्तावबारे नेता गुरुङले जानकारी दिँदै थपे, ‘७७ वटै जिल्लामा केन्द्र तहका उम्मेदवारलाई मत हाल्ने गरेर व्यवस्था मिलाऔं भनेर सुझाव दिएका छौं ।’

केन्द्रीय तहका नेता छान्न जिल्लाजिल्लामै मतदान गर्नेगरी व्यवस्था गर्न सकिने र प्रतिनिधि संख्याका आधारमा बुथ तय गरी निर्वाचन प्रक्रियामा जान सकिने उनीहरूले सुझाएका छन् । अधिवेशनमा जाँदा कोरोनाका लागि जारी सुरक्षा मापदण्डा पालना गर्न सकिने उनीहरूको धारणा छ ।

सात युवा नेताको संयुक्त प्रस्तावमा सभापति देउवा सकारात्मक देखिएका छन् । पदाधिकारी बैठक बोलाएर महाधिवेशन विधि र प्रक्रियाबारे आवश्यक निर्णय लिइने उनले आश्वासन दिएका छन् । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : ५६ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण