२० बैशाख २०८१, बिहिबार | May 2, 2024

ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने



काठमाडौं । ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता हुने भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सनको संयुक्त आयोजनामा आगामी असार १ गते भर्चुअल माध्यमबाट उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता हुने भएको हो ।

नेशनल प्याब्सनका अध्यक्ष खड्गबहादुर बस्नेतले ज्येष्ठ नागरिकको दुव्र्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । “कविता प्र्रतियोगिताले स–साना बालबालिकालाई ज्येष्ठ नागरिकप्रति सम्मान गर्नका लागि थप सहयोग पुग्ने विश्वास लिएका छौँ”, अध्यक्ष बस्नेतले भने ।

नेशनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले ज्येष्ठ नागरिकमाथि कतिपय स्थानमा अपमानजनक व्यवहार तथा शब्दहरू प्रयोग हुँदै आएकाले यस्ता प्रकारका गलत काम रोक्न उक्त प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी हुने विद्यार्थीले जेठ २८ गते साँझ ४ बजेसम्म आफ्नो विद्यालयमा नाम दर्ता गरिसक्नुपर्ने श्रेष्ठले बताउनुभयो । बढीमा चार मिनेटभित्र कविता सम्पन्न गर्नुपर्ने उक्त प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउनेछन् ।

प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई रु आठ हजार, दोस्रो हुनेलाई रु छ हजार, तृतीय हुनेलाई रु चार हजार र सान्त्वना चार जनालाई जनही रु एक हजार र प्रमाणपत्र प्रदान गरिने छ । -रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ११ : २७ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य